हामी एक्लै चुनाव लड्न तयार छौँ : मन्त्री पौडेल

लोकपाटी न्यूज

काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन्। बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उहाँले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए।

‘हामी अरूभन्दा धेरै लचिलो छौँ,’ मन्त्री पौडेलले भने, ‘हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ। हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन्।’ कांग्रेसका कार्यकर्ताले माओवादीको कारण परिवर्तन भएको भन्ने बहस भएको भन्दै शहीद परिवारले उनीहरूको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गरे।

माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए।  विचार, राजनीति, र दृष्टिकोण फरक भए पनि जिल्लाको विकासका लागि नेताहरू एकम रहेको भन्दै बागलुङको विकासका लागि जीवन नहरुन्जेल व्यक्तित्व गर्ने बताए।

यस्तै माओवादी केन्द्रीय सदस्य दिनानाथ शर्माले अहिले सरकारमा राख्ने र सडकमा पुर्‍याउने शक्ति माओवादी भएको बताए।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन्। थापाथली इन्जिनियरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युग सुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरूको सबलीकरणमा ध्यान दिनुपर्‍यो।’ देश सुरुङ मार्ग, लिफटिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गरेका छन्।

‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिन्नुपर्‍यो।’ पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठुलो क्षति हुने बताए। ‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ उनले भने , ‘यसका लागि दक्ष जनशक्ति चाहिन्छ।’

विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरूको भौतिक संरचना बन्ने उनको भनाइ छ।  कार्य योजना, दक्षता, लगनशील, अनुशासन र ऊर्जाशील भए मात्रै नवीनतम नतिजा दिन सकिने बताए।  आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै कर्तव्य पनि भुल्न नहुनेमा उनले जोड दिए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्