माधव नेपालको प्रश्न : वृद्धभत्ता दिने सरकारको उपप्रधानमन्त्रीलाई बिर्सिनुभो?

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले वृद्ध भत्ता सुरु गरेको बताएका छन्। शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले भने, ‘नेपालमा बुढापाकालाई भत्ताको सुरुवात कसले गर्‍यो भनेर सोध्ने हो भने त्यो बेलाको पार्टी, जसको नेता माधव नेपाल थिए त्यही पार्टीले गर्‍यो भन्छन्।’

२०५१ सालमा एमालेको सरकारले वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा अघि सारेको र उक्त सरकारमा आफू उपप्रधानमन्त्री रहेको नेपालले स्मरण गरे। उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री। पार्टीका तर्फबाट मूल नेता। यो भत्ताको सुरु गर्ने मान्छे। मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन। कमसेकम स्याबास भन्नुपर्ने हो नि!’

उनले ०५१ मा मासिक एक सय रुपैयाँ दिने गरी वृद्ध भत्ता सुरु गरिएको बताए। नेपालले ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको पनि बताएका थिए। ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्