स्थानीय निर्वाचन : मौन अवधिमा के-के पाइँदैन ? (आचारसंहिता)

Nirwachan-Election
लोकपाटी न्यूज

काठमाडौं। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। आयोगले बिहीबार पत्रकार सम्मेलन गरी आयोगको आचारसंहितासमेत जारी गरेको छ।

बिहीबार जारी गरिएको आचारसंहितामा निर्वाचन सम्बन्धी विविध प्रावधानहरू राखिएको छ, जसमा निर्वाचनको अवधिमा के गर्न पाइने, के गर्न नपाइने लगायतका विषय उल्लेख छन्।

आयोगले जारी गरेको आचारसंहितामा भनिएको छ, ‘‘मौन अवधिभर कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुने।’’

आचारसंहितामा ‘‘मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत् मत माग्न नहुने’’ उल्लेख छ।

1

2

3