राजेन्द्र बिक/ बाजुरा, ४ चैत । बाजुराको बुढिनन्दा नगरपालिका स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सुरु भएको छ । बुढिनन्दा नगरपालिकाको आयोजना तथा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा २ दिन सम्म सञ्चालन हुने शिविरको पूर्व उद्योग मन्त्री कर्णबहादुर थापाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन्।
गण्डकी मेडिकल कलेजकी सञ्चालक डक्टर लुना अर्यालको नेतृत्वमा फिजिसियन रेडियोलोजिष्ट विशेषज्ञ सहित आएको टोलिले हाडजोर्नी, गाइनोजिष्ट, नाक, कान, घाँटी र छाला सम्बन्धीको परीक्षण तथा उपचार सेवा सुरु भएको बुढिनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले बताएका छन्।
निः शुल्क रूपमा २ दिनसम्म शिविर सञ्चालन भएपछि स्थानीय नागरिक निकै खुसी भएका छन्। शिविरबाट बाजुरा लगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका नागरिक लाभान्वित हुने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख नरेश पाध्यायले बताएका छन्।



लोकपाटी न्यूज

