काठमाडौं। लोकसेवा आयोगले तीन सय स्टाफ नर्स पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले चैत २ गतेको प्रथम मितिमा नेपाल स्वास्थ्य सेवा जनरल नर्सिङ समूह पाँचौं तह स्टाफ नर्सका लागि विज्ञापन आह्वान गरेको हो।
मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले आह्वान गरेको छ।
जसअनुसार खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगमा ७ र पिछडिएको क्षेत्रमा ५ पदका लागि आवेदन आव्हान गरिएको छ। आवेदन दिने अन्तिम मिति चैत २२ गते र दोब्बर दस्तुर मिति चैत २९ गतेसम्म रहेको छ।




लोकपाटी न्यूज

