युक्रेन युद्ध : राष्ट्रपति जेलेन्स्की घाइते सैनिकहरूलाई भेट्न अस्पतालमा

लोकपाटी न्यूज

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा अस्पतालमा गएर त्यहाँ उपचार गराइरहेका घाइते सैनिकहरूलाई भेटेका छन्। त्यहाँ उनले घाइते सैनिकहरूसँग कुराकानी गरे अनि उनीहरूसँग सेल्फी खिचाए।

राष्ट्रपति जेलेन्स्कीले रुससँग जारी युद्धमा घाइते भएका सैनिक र अस्पतालका कर्मचारीहरूलाई पदक पनि दिए।
केही दिनहघि जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका थिए।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको दाबी गरेका थिए। तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताएका थिए।