नेपालमा थप ५८ जना कोरोना संक्रमित थपिए

लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टीजेन परीक्षणका क्रममा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो चौबिस भण्टामा नेपालमा कोरोनाबाट कसैको पनि मुत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरानाका कारण मुत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको छ।

त्यस्तै, थप १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन्। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १९ जना रहेका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्