फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

लोकपाटी न्यूज

काठमाडौं। फ्रान्स र अमेरिकामा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजका अनुसार फेला परेको नयाँ भेरियन्ट यसअघिको ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो रहेको छ।

‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन्। गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो।

स्काई न्युजका अनुसार डेल्टाक्रोन हालसम्म दुई अमेरिकी नागरिकमा संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएका छ।

गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो।