काठमाडौं। केही दिनयता चीनमा फेरि कोरोना भाइरसका संक्रमितहरु बढ्दै गइरहेको बताइएको छ। चीनका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही दिनमा संक्रमण बढ्दै गएको बताएका हुन्।
चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति थालेका छन्। चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन्। मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो।
चीनभित्रै पनि यी संक्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो। यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। यसमध्ये सबैभन्दा बढी जिलिनमा छन्। जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ।
चीनमा बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढी नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ।



लोकपाटी न्यूज

