काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू अझै पनि युक्रेनमै रहेको बताएका छन्। उनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत आफू अझै युक्रेनको राजधानी सहर किभमा रहेको र देश छाडेर कतै नभागेको बताएका छन्।
जेलेन्स्कीले लेखेका छन्, ‘प्रत्येक दुई दिनमा म कहिले युक्रेनबाट, कहिले किभबाट त कहिले कार्यालयबाट भागेको भन्ने समाचार आइरहेका छन्। तपाईँहरुले देख्नुभएको जस्तै म आफ्नै स्थान एन्द्री बोरिसोभिक (येर्माक)मा छु। कोही पनि कतै भागेको छैन। हामीहरु यहाँ काम गरिरहेका छौं।’
यसअघि केही रुसी सञ्चारमाध्यमहरुले जेलेन्स्की युक्रेन छाडेर पोल्याण्ड पुगेको समाचार प्रकाशित गरेका थिए।



लोकपाटी न्यूज

