प्रचण्डको प्रष्टोक्ति : माओवादी केन्द्र एमसीसीको विपक्षमा छ

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विरोध र विवादका बीच एमसीसी संसदमा टेबल गरेको बताएका छन्। आइतबार अपराह्न सामाजिक सञ्जालमार्फत प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने पनि प्रष्ट पारे।

‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ,’ प्रचण्डले लेखेका छन्, ‘हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’ एमसीसीको विरोधमा उत्रिएका नेता-कार्यकर्तामाथि भएको ‘प्रहरी दमन’को विरोध समेत गरेका छन्।

साथै, घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भनेका छन्, ‘एमसीसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्