काठमाडौं। नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ। एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा एमसीसीको विपक्षमा बोलेका थिए। उनले राष्ट्र हितविपरीत टेबल गर्नु आपत्तिजनक रहेको उल्लेख गरेका थिए।
आइतबार बसेको प्रतिनिधिसभामा एमाले सांसद रावललाई व्यक्तिगतरूपमा बोल्न दिएकोमा सभामुखसमक्ष एमालेले आपत्ति जनाएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहितले सभामुख अग्नि सापकोटालाई भेटेर रावललाई बोल्न समय दिइएकोमा अपत्ति जनाएका हुन्।
‘संसदमा वक्ता चयन दलले भनेपछि हुने हो। तर के अधारमा भीम रावललाई बोल्न दिनुभयो ?,’ प्रमुख सचेतक भट्टराईले सभामुखसँग प्रश्न गरेका थिए। एमसीसी सम्झौता पेश गरिएको आइतबारको बैठकमा एमालेले नाराबाजी कायमै राखेको थियो।



लोकपाटी न्यूज

