लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु

lumbini_pradeshmatganana
लोकपाटी न्यूज

दाङ। राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएसँगै लुम्बिनी प्रदेशमा मतगणना सुरु भएको छ। राष्ट्रियसभाको रिक्त १९ सदस्यका लागि आज सात वटै प्रदेशमा मतदान भएको थियो। मतदानमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कूल २०२५ जना मतदाता थिए।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा रहेको छ। १९ पदका लागि विभिन्न १२ दलबाट ४३ जना उम्मेदवार छन्। राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको छ।