प्रदेश २ : जनकपुरधामलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पारित

लोकपाटी न्यूज

जनकपुर। प्रदेश २ को सोमबार बसेको बैठकबाट जनकपुरधामलाई प्रदेश राजधानीको रुपमा पारित गरिएको छ। प्रदेश सभाको बैठकमा उपस्थित ९९ सांसदमध्ये जनकपुर राजधानीका लागि ७८ मत खसेको थियो। १०४ सांसदमध्ये बाँकी सांसद भने उपस्थित थिएनन्।

मतदानपछि सभामुख सरोज यादवले प्रदेश २ को राजधानी जनकपुरधाम भएको घोषणा गरेका हुन्। यससँगै लामो सदयदेखि सहमति हुन नसकेको प्रदेश २ को राजधानी टुंगो लागेको छ।

सभामुख सरोज यादव नेतृत्वको संसदीय समितिले राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर-कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रस्ताव गरेको थियो।

राजधानीका लागि वीरगञ्ज, वीरगञ्ज महानगर पनि चर्चामा थियो। प्रदेशको नाम के राख्ने भन्नेमा पनि मतदान गर्ने तयारी छ। आजै बस्ने अर्को बैठकले यसबारे मतदान गर्नेछ। मध्यमधेश प्रदेश, मिथिला-भोजपुरा, मधेश प्रदेश र जानकी प्रदेश नाम प्रस्तावित छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्