कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो

फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना सम्पन्न भएको छ । केहीबेरअघि केन्द्रीय सदस्यको मत गणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको हाे ।

समितिका अनुसार केहीबेरमा खुलातर्फका ३५ जनाले प्राप्त मत सार्वजनिक गरिँदैछ । खुल्लातर्फ कांग्रेस केन्द्रीय सदस्यमा मतगणनाकाे शुरुवातदेखि नै पूर्वमहामन्त्री शशांक काेइरालाले अग्रता लिएका थिए।

खुल्ला तर्फकाे ३५ केन्द्रीय सदस्यकाे पदमा ९९ जनाकाे उम्मेदवारी रहेकाे थियाे। उनीहरुकाे मतपरिणामका आधारमा टप ३५ लाई केन्द्रीय सदस्यमा निर्वाचित गरिनेछ। अन्तिम मतपरिणाम केही समयपछि सार्वजनिक गरिने कांग्रेस निर्वाचन समितिले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्