केन्द्रीय सदस्यकाे मतगणना अन्तिम चरणमा : को-को छन् टप ३५ मा ? (मतसहित)

फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ। पार्टी कार्यालय सानेपामा हालसम्म ३ हजार ५ सय ९५ मतगणना भइसकेको छ।

अहिलेसम्मकाे मत परिणाम अनुसार डा शशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन्। उनले हालसम्म २ हजार ९ सय ४० मत पाएका छन्। दोस्रो स्थानमा एनपी साउद छन्। शेरबहादुर देउवा पक्षका उनले २ हजार २६१ मत ल्याएका छन्। तेस्रो स्थानमा देउवा पक्षकै नेता तथा गृह मन्त्री बालकृष्ण खाण छन्। उनको खातामा २ हजार २०७ मत छ।

त्यसैगरी देउवा पक्षकै उदय शम्शेर जबराले २ हजार १६७ मत ल्याएका छन्। सबैभन्दा बढी मत ल्याउने पाँचौंमा रमेश लेखकलाई रामहरि खतिवडाले उछिनेका छन्। खतिवडाले २ हजार १४७ मत ल्याउँदा लेखकले २ हजार १३१ मत पाएका छन् छन्।

अहिलेसम्म कसले कति मत ल्याए, हेर्नुस् सूची:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्