सर्वदलीय बैठक बस्नुअघि डाकियाे सत्ता गठबन्धनकाे बैठक

Gathabandhan
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बोलाएका छन्। विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको हाे।

प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि आइतबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

‘साझा धारणा निर्माणका लागि आइतबार दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्नेछ’ सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद्‍ बैठक अवरुद्ध हुँदै आएको छ । जसकारण एमसीसी पनि प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्