काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये शनिबारदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो ।
विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ११ सय मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार अहिलेसम्म अजयबाबु सिवाकोटीले ३९२, अर्जुननरसिंह केसीले ६०२, उदयशमशेर राणाले ७५१, एनपी साउदले ६१३, कुन्दनराज काफ्लेले ५९९, गुरु बरालले ६०१, गोपालमान श्रेष्ठले ६५७, गोविन्द भट्टराईले ५६६, जीतजंग बस्नेतले ५१३, र जीपछिरिङ लामाले ५८८ मत प्राप्त गरेका छन्।
त्यस्तै दिनेश कोइराला -६१३, दिलेन्द्रप्रसाद बडू-६८५, नैनसिंह महर-५१४, पद्यनारायण चौधरी-३९९, बलबहादुर केसि-६९८, इ.मोहन आचार्य-३९०, मोहनबहादुर बस्नेत -६९१, बालकृष्ण खाँण-७९७, रमेश लेखक-७०३, रामशरण महत-६०९, रामहरि खतिवडा-५७८, लोकेश ढकाल-४५५, शंकर ढकाल-३८८, डा.शंशाक कोइराला-८८२, सुनिलबहादुर थापा-६००, सुरेन्द्रराज पाण्डे-५०१, त्रैलोक्यप्रताप सेन-४६५ र ज्ञानेन्द्रबहादुर कार्की-६७८ मत रहेकाे छ।
त्यस्तै टेकराज पौडेल-४१३, तारणीदत्त चतौट-४६७, केदार कार्की-३९६, सुरेशचन्द्र चालिसे-३८२, धावा गुरुङ-३८६, गणेश लामा-५८९ र मदन अमात्य-४०९ मत रहेकाे छ।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो । महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।



लोकपाटी न्यूज

