नेकपा एमाले वरियता : पदाधिकारीपछि एक नम्बर वरियतामा काे ?

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको वरियतामा पदाधिकारीभन्दा पछाडिको एक नम्बरमा घनश्याम भुसालको वरियता तोकिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरिएको अन्तर पार्टी निर्देशनमा उपाध्यक्षका दाबेदार भएर पराजित भएका भुसाललाई पदाधिकारीपछिको एक नम्बरमा राखिएको हो।

एमालेमा १९ जना पदाधिकारीको टिम रहेको छ। त्यसपछि २० औं नम्बरमा भुसाललाई पार्टीको स्थायी कमिटी सदस्य तथा अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ। भुसाल केही समयअघि मात्र सकिएको महाधिवेशनमा उपाध्यक्षका दाबेदार थिए भने निर्वाचन प्रक्रियामा भाग लिँदा उनी पराजित भएका थिए।

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल उपाध्यक्षमा निर्वाचित भएका थिए। एमालेमा चलेको अन्तरसंघर्षमा ‘१० जना’को समूहबाट प्रतिनिधित्व गरेका उनलाई ओलीले स्थायी कमिटीमा समावेश गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्