काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा जानेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सम्झौता नगरेकाे उनको सचिवालयले जानकारी गराएको छ ।
सिंहका स्वकीय सचिव युपी लामिछानेले सरकारमा सहभागी हुनेबारेमा प्रकाशित भएका समाचारमा कुनै सत्यता नभएको बताउँदै त्यस्तो कुनै सम्झौता नभएको बताए ।
उनका अनुसार सिंहकाे सरकारमा सहभागिताको विषयमा कुनै सम्झौता भएको छैन। सभापतिको प्रतिष्पर्धामा रहेका सिंहले दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्नेगरी सम्झौता भने गरेका थिए ।
निर्वाचनकाे पहिलाे चरणमा देउवाका प्रतिस्पर्धी भएका सिंह दाेस्राे चरणमा उनकै समर्थनमा उत्रिएपछि सरकारमा सहभागिता हुने कुरा चर्चामा आएकाे थियाे। तर उनकाे सचिवालयले त्याे कुरामा कुनै सत्यता नभएकाे प्रष्ट्याएकाे छ।



लोकपाटी न्यूज

