१५ सय ४४ शिक्षकको पदपूर्तिको लागि विज्ञापन बुधबार खुल्दै

shikshak_sewa_aayog
लोकपाटी न्यूज

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन खुलाएको छ। आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको सूचना अधिकारी सुदर्शन मरहठाले जानकारी दिए।

उनका अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्नुपर्ने छ। उनले भने, ‘चैत १५ परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ।’

उनका अनुसार विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्