कांग्रेस सभापतिमा दाेस्राे चरणकाे मतदान : एक हजार मत खस्याे

लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ । सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि दास्राे चरणकाे मतदान भएको हो ।

दाेश्राे चरणमा मतदान सुरू भएकाे डेढ घण्टामा १ हजार मत खसेको निर्वाचन समितिले जनाएकाे छ। मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन र भाेट माग्न लाइनमा उभिएका मतदातासँग व्यस्त छन् ।

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्