कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो ।

पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो ।

दाेस्राे चरणकाे मतदान सकिएपछि तत्कालै मत गणना हुने कांग्रेस निर्वाचन समितिले जनाएकाे छ। पहिलाे चरणकाे निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि प्रतिनिधिहरु नेतृत्व छान्न फेरि लामबद्ध भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्