मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, को-को बन्दैछन् मन्त्री ?

rajendra_pandey
लोकपाटी न्यूज

काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

नेपाली कांग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन । नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने मन्त्री शालिकराम जमर्कटेलले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने नेतृ मुनु सिग्देलले जानकारी दिइन् । बागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । हालै मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्