कांग्रेस महाधिवेशन अपडेट : ३ हजार ५ सय मत खस्याे

फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज सोमवार भइरहेको मतदानमा ३ हजार ५ सय ८ मत खसेको छ । आज दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म तीन हजार पाँच सय आठ मत खसेको हो ।

महाधिवेशनमा १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ ।

कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या ४ हजार ७ सय ४३ रहेको छ ।

आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान समय तोकिएकोमा बिहान मतदान सुरु हुन ढिला भएपछि बेलुका ९ बजेसम्मका लागि समय थपिएको निर्वाचन समितिले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्