‘ओलीज्यू, बरु मलाई हटाउनोस्, टंक कार्कीलाई ल्याउनोस् !’

Ghanashyam bhusal
लोकपाटी न्यूज

काठमाडाैं। एमालेको १० औं महाधिवेशनपछि शनिबार र आइतबार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीकाे प्रस्तावमा ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पाेलिटब्युराे गठन गर्नुका साथै ४३ जनालाई केन्द्रीय सदस्यमा मनाेनयन गरेकाे छ। साथै बैठकले विभिन्न नेतालाई विभिन्न जिम्मेवारी समेत ताेकेकाे छ।

तर ओलीले गरेकाे निर्णयमा नेताहरु घनाश्याम भुषाल, सुवास नेम्वाङ, याेगश भट्टराई लगायतले असन्तुष्टी व्यक्त गर्दै आएका छन्। बैठकमा ओलीले प्रस्तुत गरेकाे सूचीप्रति टिप्पणी गर्दै नेता भुषालले  आफूलाई पोलिटब्यूरो सदस्यबाट हटाएर भए पनि टंक कार्कीलाई ल्याउन माग गरेका थिए।

बैठकमा उनले भने, ‘म तपाईंको कार्यशैलीबारे टिप्पणी गर्ने पक्षमा थिइनँ, तर बोल्नैपर्ने भयो । मेरो नाम पोलिटब्यूरो सदस्यबाट हटाइयोस् र टंक कार्कीलाई पोलिटब्यूरो सदस्य बनाइयोस् ।’

नेता भुसालले टंक कार्कीलाई पोलिटब्यूरो सदस्य बनाउन गरेको मागप्रति ओलीले बेवास्ता गरे र भने, ‘उत्कृष्ट मध्येकाे उत्कृषटलाई जिम्मेवारी दिइएकाे हाे। निर्णय सबैले मान्नुपर्छ ।’

चीनका लागि पूर्वराजदूत समेत रहेका टंक कार्की एमालेका त्यागी नेता मानिन्छन् । उनी दसौँ महाधिवेशनमा सचिवमा उठेर पराजित भएका थिए । ओलीले उपाध्यक्षमा पराजित भएका भुसाललाई स्थायी कमिटीमा ल्याए पनि कार्कीलाई भने ल्याएनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्