काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान कार्यक्रम गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार मंगलबार ८ बजे लैनचौर ब्यान्क्वेटमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूका लागि चियापान राखेका हुन्।
संस्थापन इतर समूहमा सभापतिका लागि उनको नाममा सहमति हुन सकेको थिएन। पौडेल महाधिवेशनमा मतदान गर्नसमेत गएका थिएनन्। तर महाधिवेशनमा आएका प्रतिनिधिहरुकाे लागि भने उनले भाेलि मंगलबार चियापान कार्यक्रम राखेका छन्।
सभापतिका लागि आफ्नाे समूहमा आकांक्षी धेरै भएपछि साझा उम्मेदवार छान्न धेरै पहल गरे पनि सहमति हुन सकेकाे थिएन। उनले लामाे समयकाे छलफलबाट पनि साझा उम्मेदवारका लागि सहमति नजुटेपछि उनले महाधिवेशनकाे दलदलबाट पन्छिने बताएका थिए।



लोकपाटी न्यूज

