काठमाडौं। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान राति ९ बजेसम्म हुने भएको छ । काठमाडौँमा जारी महाधिवेशन अन्तर्गत सोमबार दिउँसो १२ बजेबाट मतदान सुरु भएको थियो ।
साँझ ५ बजेसम्म करिब दुई हजार मत खसेको निर्वाचन समितिले जनाएकाे छ। जम्मा मतदाता ४ हजार ७ सय ४३ जना रहेका छन् । उनले राति ९ बजेसम्म मतदान गर्न पाइने गरि तालिका बनाइएको समितिले जनाएकाे छ।
मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक पर्ने ५१ प्रतिशत मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुईजना उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।



लोकपाटी न्यूज

