काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र पठाएका छन्।
पत्रको सुरूवातमा लिङ्देनलाई बधाई दिँदै थापाले महाधिवेशनका क्रममा भएको पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन्। राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएको दाबी गर्दै उनले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न आग्रह गरेका छन्।
उनले निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि बताउँदै त्यसबारे छानविन अगाडि बढाउन समेत माग गरेका छन्।
यस्तो छ कमल थापाको पत्र:




लोकपाटी न्यूज

