काठमाडाैं। नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि साे केन्द्रमा मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।
मतादनका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको छ । प्रतिनिधिहरुले अहिले हो-हल्ला गर्दै मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।
भृकुटिमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । हालसम्म ११ सयभन्दा बढी मत खसेको छ । १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि सोमबार बिहान ११ बजेदेखि मतदान सुरु भएको हो ।



लोकपाटी न्यूज

