कांग्रेस महाधिवेशन : अहिलेसम्म कति मत खस्याे ?

फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा हालसम्म ११ सय मत खसेको छ । निर्वाचन समितिका एक सदस्यले दिउँसो ३ बजेसम्म ११ सय प्रतिनिधिले मतदान गरेको जानकारी दिए ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका छन् ।

निर्वाचन समितिका ती सदस्यका अनुसार मतपत्र छपाइको काम गर्ने पक्षले मतपत्र उपलब्ध गराउन ढिलाइ हुँदा व्यवस्थापनमा केही समस्या समेत देखिएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्