काठमाडाैं। नेपाली काँग्रेस १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् । आइतबार साँझ राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन्।
उनले आफूहरुको सिंगो प्यानललाई पौडेल र शशांकको आशीर्वाद रहेको भन्दै देउवालाई हराएरै छाड्ने बताए। उनले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाे बताउँदै याे महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताए।
उनले भने, ‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ। वरिष्ठ नेता र महामन्त्रीको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ । हामी जित्छाैं। याे पटक नेतृत्व परिवर्तन हुन्छ, हुन्छ।’



लोकपाटी न्यूज

