नयाँ पार्टी घाेषणा गर्दै हृदयश त्रिपाठी

Hridayes-Tripathi
लोकपाटी न्यूज

काठमाडाैं। नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी बनाउने भएका छन्। सूर्य चिह्नबाट निर्वाचन जितेर केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गर्न लागेका हुन्।

उनले मंगलबार साढे १० बजे एभरेस्ट होटेलमा एक कार्यक्रम गरेर पार्टी घोषणा गर्न लागेका छन्। उनले आफ्नो पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेको स्राेतले जनाएकाे छ।

उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलग भएका थिए। गत निर्वाचनमा स्वतन्त्र हैसियतमा उनीसहितका नेता केन्द्र र प्रदेशमा सूर्य चिह्नबाट निर्वाचन लडेका थिए। त्रिपाठी र वृजेश गुप्ताले प्रतिनिधिसभामा सदस्यमा समेत चुनाव जितेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्