काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका छन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानी क्रममा उनले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका छन् ।
कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दावी गरेका हुन् । ‘दोस्रो चरणमा हामी तीन जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं’ उनले भने, ‘हामी नेतृत्व परिवर्तनको पक्षमा छौं ।’
आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा सभापति बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको बताए ।



लोकपाटी न्यूज

