काठमाडाैं। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजेअघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
सो अघि पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उनले सभापतिका उम्मेदवार शेखर कोइरालाको टीम प्रगतिशील रहेको भन्दै उनलाई सघाउने पनि बताएका छन् ।
यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिनका लागि प्रदान गरेको समय सकिएको छ । समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो । अब सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।



लोकपाटी न्यूज

