सभापतिका उम्मेदवार सिंह र आरजु देउवाबीच जम्काभेट

लोकपाटी न्यूज

काठमाडाैं। काँग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाबीच जम्काभेट भएकाे छ। महाधिवेशनस्थलमा भाेट माग्दै हिँड्ने क्रममा सिंह र आरजुबीच जम्काभेट भएकाे हाे।

भेटमा उनीहरुले एक-अर्कोसँग मत मागेका छन् । महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै जाने क्रममा सिंह र देउवाबीच जम्काभेट भएको थियाे।

सिंह र आरजु दुवै नेपाली कांग्रेसकाे आसन्न १४ औं महाधिवेशनका उम्मेदवार हुन् । सिंह सभापतिका प्रत्यासी हुन् भने  आरजु केन्द्रीय सदस्यकी उम्मेदवार हुन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ । उम्मेदवार मनोनयन दर्ताको समय डेढ घन्टा थप गरिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नुपर्ने निर्वाचन समितिले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्