काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहबाट साझा उमेदवार तय गर्न फेरि बैठक बसेको छ । शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिए लगत्तै नेताहरू बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छलफलमा जुटेका छन्।
सभापतिका आकांक्षी एक भन्दा बढी भएपछि साझा उम्मेदवार तय गर्नका लागि संस्थापन इतर समूह निरन्तर छलफलमा जुटिरहेकाे छ। तर अझै साझा उमेदवार भने तय गर्न सकेको छैन ।
शेखर कोइराला र डा. शशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने बताए पनि प्रकाशमान सिंहले अडान नछोडेपछि साझा उमेदवार तय गर्न पौडेल समूहलाई सकस परेको हाे।



लोकपाटी न्यूज

