काठमाडाैं। नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले आसन्न १४ औं महाधिवेशनमा आफ्नाे उम्मेदवारी घाेषणा गरेकी छन्।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी उनले पार्टी केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
उनले खुला महिला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी हुन् । उनी डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् । देउवा भने सभापतिका लागि प्रतिस्पर्धा गर्दैछन् ।




लोकपाटी न्यूज

