काठमाडाैं। नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेलले सरकार गतिहीन अवस्थामा रहेको बताएका छन्। कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्।
उनले भने, ‘सक्षम पार्टी बनाउन आवश्यक छ। हरेक कुराको तयारीका साथ जानुपर्छ। सरकार गतिहीन अवस्थामा छ। संसद चलिरहेको छैन। संसद चल्न नसकेको अवस्था छ। पार्टी गतिहिन अवस्थामा छ। आत्ममूल्याकंन र आत्मसमिक्षा गर्न जरुरी छ।’
उनले नेपाल राष्ट्र र नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने ध्येयका साथ सबै जना यहाँसम्म आइपुगेको बताए। उनले भने, ‘देशको परिस्थितिका बारे गम्भीर छलफल गर्नुपर्ने थियो। हामीले काम गर्दा जुन किसिमको हेलचेक्रयाँइ गर्यौं। जसले गर्दा हडबडले अधिवेशन गर्न परिरहेको छ। विधि पूरा गर्नलाई मात्रै अधिवेशन गरिरहेका छौं।’



लोकपाटी न्यूज

