कांग्रेस निर्वाचन समितिद्वारा मतदाताको अन्तिम नामावली प्रकाशन

लोकपाटी न्यूज

काठमाडौं। कांग्रेस निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए ।

उनका अनुसार मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ । ‘देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ,’ उनले भने ।

शुक्रबार उद्घाटन भएको कांग्रेस महाधिवेशनअन्तर्गत शनिबार बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ । मतदान भने सोमबारमात्रै हुने समितिले जनाएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्