नेपाली कांग्रेसको एप सार्वजनिक

लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित पार्टीको १४ औँ महाधिवेशनको  उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर साे एप सार्वजनिक गरेका हुन् ।

सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सो अघि देउवाले महाधिवेशनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्