देउवाले छाेडे पाैडेल निर्विराेध सभापति : निधि

Bimalendra_Nidhi
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गर्न शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा नेतृत्व चयन हुने उनकाे भनाइ छ।

आफैँ सभापतिमा लड्ने घोषणा गरिसकेका निधिले बाहिर जनताको र नेपाली काँग्रेसका शुभेच्छुक साथीहरुको भावना हेर्दाखेरि आगामी चुनावका लागि पनि नेपाली काँग्रेसमा एकता भइदियो भने राम्रो हुन्छ भन्ने सबैको चाहना भएकाे बताए। उनले भने,  ‘शेरबहादुरजी ५ पटक प्रधानमन्त्री भइसक्नुभयो । प्रमुख कार्यकारी पद पाइसक्नुभयो । अब उहाँले आफ्नो तर्फबाट रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुन सक्छ।’

देउवाले रामचन्द्रलाई समर्थन गरिदिने हो भने आफूहरुमाथि पनि दबाव पर्ने उनले बताए।  ​देउवाले रामचन्द्रलाई समर्थन नगरेको अवस्थामा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको निधिले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्