कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?‍ : प्रकाशमान सिंह

prakashman sinha
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतर पक्षबाट सभापतिमा दाबी गरिरहेका नेता प्रकाशमान सिंहले नेताहरुलाई १४ औं महाधिवेशनमा आफ्नाे उम्मेदवारीमा सहमति गर्न आग्रह गरेका छन् ।

सभापतिको साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरुलाई दिने प्रस्ताव लिएर नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य सिंहको निवास चाक्सीबारीमा पुगेका थिए । सो भेटमा नेतात्रयले साझा उम्मेदवार तय हुन नसके जित्न नसक्ने भएकाले सहमति खोज्नुपर्ने बताएका थिए ।

सिंहले पनि आफू सहमतिका लागि तयार रहेको बताए । तर सभापतिमा आफू नै उठ्नुपर्ने उनको अडान छ । आफ्नो नाममा किन सहमति हुन सक्दैन भन्ने प्रश्न गर्दै उनले भनेका छन्, ‘रामचन्द्रजीलाई मैले १३ औं महाधिवेशनमै छाडिसकेँ । शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?’ आफू सभापतिको उम्मेदवार बन्दा रामचन्द्र पौडेल बाहेक सबै नेता आफ्नो टिममा अटाउन सक्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्