पाैडेलले किन दिए केन्द्रीय समिति बैठक बहिष्कारकाे चेतावनी ?

Ramchandra_Poudel
लोकपाटी न्यूज

काठमाडाैं। नेपालीका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने भएका छन् । महाधिवेशन सुरु हुने अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिष्कार गर्ने भएका हुन् ।

पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य हुने स्पष्ट पारिसकेका छन् । बैठक बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको भएपनि नेताहरु आन्तरिक छलफलमा व्यस्त हुँदा एक बजेसम्म सुरु हुन सकेको छैन । बैठकबाट विधान परिवर्तन गर्दै सहमहामन्त्री पद थप्ने तयारी संस्थापन पक्षको छ । तर पौडेलले त्यसलाई अस्वीकार गरेका छन् ।

आजै बिहान काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पौडेललाई भेट्न पुगेका थिए भने सो क्रममा उनले विधान परिवर्तन गर्ने तयारीमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति रहनेछ । शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनको अघिल्लो दिन काँग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दैछन् । संस्थापन इतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्