काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। १४ औं महाधिवेशनबारे थप निर्णय गर्न बैठक बोलाइएको हाे।
देउवाले बिहीवार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। आज बुढानीलकण्ठमा देउवा समूहको बैठक बसेको थियो। उक्त बैठकमा पदाधिकारी छनोटबारेमा छलफल भएको उनकाे भनाइ छ।
सभापतिमा देउवा आफैं उम्मेद्वार हुने पक्का छ। तर, महामन्त्री लगायतका पदमा उम्मेदवारको टुंगो लागिसकेको छैन। महाधिवेशन नजिकिइसकेकाेले साे सम्बन्धमा छलफल गर्न देउवाले बैठक बाेलाएका हुन्।


लोकपाटी न्यूज

