देउवा पक्षले बनायाे १३ पदाधिकारीको अनौपचारिक सूची, काे-काे परे ?

लोकपाटी न्यूज

काठमाडौं। आज नेपाली कांग्रेस संस्थापन पक्ष वा देउवा पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ ।सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको हाे ।

आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ ।

संस्थापन पक्षले बनाएकाे अनौपचारिक सूची यस्ताे छः

सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का
उपसभापति : डा‍.प्रकाशशरण महत
महामन्त्री : बालकृष्ण खाँण
महामन्त्री : विश्वप्रकाश शर्मा
सहमहामन्त्री : गोविन्द भट्टराई
सहमहामन्त्री : भिष्मराज आङ्देम्वे
सहमहामन्त्री : मीन विश्वकर्मा
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय
सहमहामन्त्री : फरमुल्लाह मन्सुर
सहमहामन्त्री : रामजनम चौधरी
सहमहामन्त्री : जीतेन्द्र देव
सहमहामन्त्री : जीवनबहादुर शाही

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्