काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि बेलुकासम्म आफू पक्षबाट एक जना साझा उमेदवार टुंगो लगाउने बताएका छन् । चाक्सीबारीमा भएको छलफलपछि उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘भोलि बेलुकासम्म हामीले साझा उमेदवार तोक्छौँ ।’ बुधबार बिहान पनि अनुपम फुडल्यान्डमा बैठक बोलाइएको छ । ‘सहमतिको निकै नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । सबै दृष्टिकोणबाट छलफल गर्यौँ,’ उनले भने, ‘महाधिवेशनमा पार्टी जोगाउन छलफल गर्छौँ । केही प्रक्रिया पूरा गरेर भोलि टुंगो लगाउछौँ ।’
साझा उम्मेदवार टुंगाे लगाउने सम्बन्धमा पाैडेल पक्षकाे बैठक हिजाे पनि भएकाे थियाे। हिजाे केही निष्कर्ष निकाल्न नसकेकाे पाैडेल पक्षकाे बैठक आज पनि लामाे समय बसेकाे थियाे। बैठकमा भएकाे छलफल अनुसार भाेलि बेलुकासम्म साझा उम्मेदवार कसलाई बनाउने भन्ने टुंगाे लाग्ने छ।



लोकपाटी न्यूज

