काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उम्मेदवार बनाउने समझदारी गरेका छन् ।
सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जना मात्र उम्मेदवार बनाउने समझदारी भएको हो ।
पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा आकांक्षी छन् । उनीहरू चार जना मध्येबाट एक जना साझा उम्मेदवार तय गर्ने बैठकमा समझदारी भएकाे हाे। तर कसलाई उम्मेदवारकाे रुपमा उठाउने भन्नेबारे दुई दिनभित्र टुङ्गो लगाउने समझदारी भएको छ ।



लोकपाटी न्यूज

