सभापतिकाे उम्मेदवार छान्न पौडेल निवासमा बैठक, काे-काे छन् आकांक्षी ?

ramchandra_poudel
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार छान्न बैठक राखेका छन्। आज साँझ पौडेल निवास बोहराटारमा उक्त समूहका नेताहरू छलफलमा सहभागी भएका छन्।

पाैडेल पक्षमा उनीसहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापति पदका आकांक्षी छन्। चार जना आकांक्षीमध्ये एक जना सभापतिमा उठ्ने गरी छलफल गर्न बैठक भइरहेकाे जनाइएकाे छ।   महाधिवेशन आउन चार दिन मात्रै बाँकी हुँदा पौडेलले सर्वसम्मत रूपमा सभापति उम्मेदवार छान्न बैठक बोलाएका हुन्।

कांग्रेसकाे सभापतिमा शेरबहादुर देउवा फेरि उठ्ने तयारीमा छन्। देउवासँग प्रतिस्पर्धा गर्न पौडेल पक्षले एक मात्र उम्मेदवार दिने बताइरहेका छन् तर आकांक्षी धेरै हुँदा सहमति भइसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्