काठमाडाैं। काेराेना भाइरसकाे अर्काे भेरियन्ट ‘ओमिक्राेन’ काे संक्रमण फैलिन थालेसँगै नेपालमा पनि संक्रमण पुष्टि भएकाे छ। ओमिक्राेन पुष्टि भएसँगै फेरि लकडाउनकाे चर्चा शुरु भएकाे छ।
तर सरकारले तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ। स्वास्थ्य मन्त्रालयले लकडाउनबारे कुनै छलफल नभएको बताएको छ। यद्यपि भौतिक दूरी, मास्कको समुचित प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन्।
स्वास्थ्य मन्त्री विरोध खतिवडाले लकडाउनबारे औपचारिक-अनपौचारिक कुनै छलफल नगरेको बताए। ‘अहिले तत्काल लकडाउन हुँदैन। त्रास पार्ने काम गर्नु हुँदैन। कोभिड-१९ को प्रोटोकल पालना गरौं। यस विषयमा सरकार सचेत छ,’ उनले भने।
उनले सरकारको ध्यान खोप अभियानमै केन्द्रीत रहेको बताएका छन्।



लोकपाटी न्यूज

